गृह मन्त्रालयले भन्यो-यस्ता १७ तरिकाले ठगी गर्ने क्रम बढेको छ, सतर्क रहनू
काठमाडौं फागुन २७ । सरकारले पछिल्लो समय अवसर र लाभ दिने भन्दै ठगी गर्ने क्रम बढेको भन्दै त्यसमा संलग्नलाई कारबाही गर्ने चेतावनी दिएको छ ।
बिहीबार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी ठगीका घटना थाहा पाए खबर गर्न आम नागरिकमा अनुरोध गरेको हो ।
यी गतिविधि गरे कारबाही
१. रोजगारी वा काममा लगाउने भनी प्रलोभन दिने र
२. नियुक्ति, पदस्थापन र सरुवा वा बढुवा गराउने ।
३. भर्ना, छात्रवृत्ति वा अध्ययनका अवसर उपलब्ध गराउन आश्वासन दिने ।
४. जग्गा वा घडेरी उपलब्ध गराउने ।
५. उपचार वा अन्य आर्थिक सहायता उपलब्ध गराउने ।
६. अनलाइनबाट चिठ्ठा वा अन्य लाभ प्राप्त हुने भन्दै कारोवार गर्न प्रोत्साहन गर्ने ।
७. घरमै बसी बसी काम वा रोजगारी वा आय आर्जन हुने भन्दै प्रलोभनमा पार्ने ।
८. अनलाइन लगानी गर्न प्रोत्साहन गर्ने, लगानी गराउने र सोबाट आर्थिक आर्जन हुने भन्दै
दुरुत्साहन गर्ने ।
९. डिजिटल मुद्रामा लगानी गर्ने गराउने ।
१०. रोकिएका काम वा मुद्धा मामिलाबाट उन्मुक्ति दिलाउने ।
११. विशिष्ट व्यक्तिसँग भेटघाट वा सम्पर्क गराउने ।
१२. ठेक्कापट्टा वा अन्य व्यावसायिक अवसर दिलाउने ।
१३. कम रकमको कारोबारमा बढी रकमको कागज बनाई सही छाप गर्न लगाई तमसुक, लिखत
बनाउने ।
१४. ढुकुटी खेल्ने, खेलाउने ।
१५. अनलाइन ठगी गर्ने ।
१६. मिटर ब्याजमा रकम उपलब्ध गराउने ।
१७. बैंकिङ प्रणाली भन्दा बाहिरबाट मुद्रा पठाउने वा मगाउने ।
हेर्नुस् गृह मन्त्रालयको विज्ञप्ति















प्रतिक्रिया दिनुहोस्