पन्जाबमा आम आदमीलाई दुई तिहाइ बहुमत
काठमाडौं, फागुन २६ । हाल भारतका पाँच राज्य उत्तरप्रदेश, पन्जाब, उत्तराखण्ड, मनिपुर र गोवामा विधानसभा निर्वाचनको मतगणना भइरहेको छ । भारतीय समयानुसार बिहीबार बिहान ८ बजेदेखि मतगणना शुरु भएको हो ।
सार्वजनिक गरिएको शुरुवाती नतिजाअनुसार उत्तर प्रदेश, उत्तराखण्ड र मनिपुरमा प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी स्पष्ट रूपमा विजयी हुने देखिएको छ ।
पन्जाबमा भने आमआदमी पार्टीले ऐतिहासिक जित हासिल गरेको छ । आमआदमीले बहुमत संख्या पार गर्दै झण्डै ९० सिटको अग्रता हासिल गरेको छ । बीबीसी हिन्दीबाट
प्रतिक्रिया दिनुहोस्