अभिनेत्री करिश्मा मानन्धर एमाले प्रवेशको तयारीमा, ओलीसँग भेटवार्ता
काठमाडौं,फागुन २६ । अभिनेत्री करिश्मा मानन्धरले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् ।
करिश्माले एमाले अध्यक्ष ओलीसँग पार्टी प्रवेशबारे छलफल भएको जानकारी दिएकी छन् । छलफल अगाडि बढे पनि निणर्य भने भइनसकेको र चाँडै आफू एमाले प्रवेश गर्ने उनले बताइन् ।
‘सहकार्य गरेर अघि बढ्ने भनेर छलफल भएको हो । राजनीतिमा लाग्दा एउटा विचार लिएर अघि बढ्नै पर्छ’, उनले भनिन् । उनले सुनाइन्, ‘यसबारेमा मैले पहिलेदेखि मनस्थिति बनाएकी थिएँ । मेरा धेरै साथीभाइ एमाले निकट हुनुहुन्छ । आज चाहिं भेटेर छलफल गरेको हुँ ।’















प्रतिक्रिया दिनुहोस्