एमसीसी अनुदान रकमले देश विकास र रोजगारी बढाउँछ : प्रधानमन्त्री देउवा
काठमाडौं, फागुन २६ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देश विकास गर्ने र रोजगार बढाउने बताएका छन् ।
पर्साको वीरगञ्जमा बिहीबार कांग्रेस पर्साको नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमसीसी सम्झौताअनुसार आउने अनुदान वापतको रकमले देशको विकास र रोजगार बढाउन सहयोग गर्ने दाबी गरेका हुन् ।
‘एमसीसीबाट आउने रकम ऋण होइन अनुुदान हो,’ प्रधानमन्त्री देउवाले भने, ‘यसले देशको विकास र रोजगार बढाउँछ ।’ उनले नव निर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्