काठमाडौं-दिल्ली रुटमा अब दैनिक दुई उडान !
काठमाडौं , फागुन २५ । नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम)ले काठमाडौ-दिल्ली रुटमा अब दैनिक दुई उडान गर्ने भएको छ ।
भारत सरकारले भारतमा सबै प्रकारका व्यवसायिक उडान खुला गरेसँगै नेपाल एयरलाइन्सले दिल्लीका लागि दैनिक दुई उडान गर्ने बताएको हो ।
नेपाल वायुसेवा निगमका अनुसार १४ मार्च (३० फागुन)बाट यो रुटमा दैनिक दुई उडान हुनेछ । अहिले यस रुटमा निगमले दैनिक एक उडान गरिरहेको छ ।
अहिले भारतबाट भिस्तारा एयर, इण्डिगो एयर र एयर इण्डियाले नियमित उडान गरिरहेका छन् । नेपालबाट भने निगम एक्लो कम्पनी हो ।
भारतको बनारसमा भने बुद्ध एयरले पुनः उडान शुरु गर्ने तयारी गरिरहेको छ । योसँगै अब भने यात्रुलाइै ओहोरदोहोर गर्न सजिलो हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्