कांग्रेसको आंकलन गठबन्धन गर्नु हुँदैन भन्ने छ, विचार गरौं : झलनाथ खनाल
काठमाडौं, फागुन २५ । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसदबाट पारित भएको एमसीसी अब चुनावपछि मात्रै बहसमा ल्याउन अनुरोध गरेका छन् ।
केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आगामी चुनावमा कांग्रेससँगको गठबन्धनका विषयमा टुंगो लागिनसकेको बताउँदै अहिले कांग्रेसभित्र दुई धार रहेको बताए ।
‘कांग्रेसमा गगन थापा, शेखर कोइरालाहरु गठबन्धन गरेर जानु हुँदैन, गठबन्धन गरेर गयौं भने हामीले ७० सिट मात्रै जित्छौं, एक्लै गयौं भने १५५ सिट जित्ने आंकलन गरेका रहेछन् तर शेरबहादुर देउवा अहिले पनि गठबन्धन गरेरै जानुपर्ने अडानमा हुनुहुन्छ’, खनालले भने, ‘कांग्रेसले अनुसन्धान गरेर भनेको छ । हामीले पनि अब विचार गरेर निणर्य गर्नुपर्ने हुन्छ ।’
उनले अहिलेको अवस्थामा कांग्रेस र एमालेमध्ये को ठूलो पार्टी हुने भन्ने होड रहेको बताएका छन् । केन्द्रीय कमिटीको बैठक जारी छ ।















प्रतिक्रिया दिनुहोस्