नेष्डो समृद्ध लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौं, फागुन २४ ।  नेष्डो समृद्ध लघुवित्तको आइपीओ र बाँडफाँट भएको छ ।  मंगलबा  बाँडफाँट भएको यस आइपीओमा गोलाप्रथामार्फत ७७ हजार ४५६ जना सर्वसाधारण आवेदकले सेयर हात पारेका छन् ।

जसमध्ये ७७ हजार ४५३ जनालाई १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कुल २५ लाख २७ हजार १०१ जना लगानीकर्ताले आवेदन दिएकामा २५ लाख २२ हजार ९५५ जनाको आवेदन मात्र योग्य ठहरिएको थियो ।

नेष्डोले फागुन ११ गतेबाट १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ८ लाख २८ हजार ७५० कित्ता आइपीओ जारी गरेको हो । यसमध्ये ४१ हजार ४३७ कित्ता सेयर आर्थात् ५% सेयर सामूहिक लगानी कोष र १२ हजार ७५० कित्ता अर्थात् ०.५% कर्मचारीहरुका लागि छुट्याइएको थियो । सर्वसाधारणले बाँकी ७ लाख ७४ हजार ५६३ कित्ताका लागि आवेदन दिएका हुन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, नेष्डो समृद्धको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्