सुनको भाउ तोलाकै एक लाख तीन हजार पुग्यो

काठमाडौंं , फागुन २४ ।  पछिल्लो समय सुनको भाउ छोइनसक्नु छ ।  नेपाली बजारमा आज सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ ।

यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा नै कारोबार भएको थियो ।  यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँको दरले घटेको छ ।

सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १,४१० रुपैयाँमा निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्