स्थानीय निर्वाचनका लागि ८ अर्ब ११ करोड बजेट स्वीकृत

काठमाडौं, फागुन २३ । आशन्न स्थानीय तहको निर्वाचनका लागि अर्थ मन्त्रालयले ८ अर्ब ११ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ।

निर्वाचन आयोगले ९ अर्ब ९५ करोड २९ लाख रुपैयाँ मागेकोमा अर्थले ८४ करोड घटाएर बजेट स्वीकृत गरेको हो।

आयोगको फागुन ९ गते बसेको बैठकले स्थानीय निर्वाचनका लागि ८ अर्ब ९५ करोड २९ लाख बजेट खर्च हुने अनुमान गरेर अर्थ मन्त्रालयमा पठाएको थियो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अर्थ मन्त्रालयबाट ८ अर्ब ११ करोड बजेट खर्चको स्वीकृति दिएको बताए। उनका अनुसार गत स्थानीय तहको निर्वाचनमा ८ अर्ब १५ करोड खर्च भएकोमा त्यसैअनुसार बजेट आकलन गरेर बजेट मागिएको थियो।

आगामी वैशाख ३० गते देशभरिका ७५३ स्थानीय तहमा एकै चरणमा निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्