कांग्रेसले एमसीसीबारे बुझाउन घर-घरमा पुस्तिका पुर्‍याउने

 

काठमाडौं, फागुन २३ । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एससीसी० सम्झौता बुझाउन नागरिकलाई घर(घरमा पुस्तिका पुर्‍याउने भएको छ ।

संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ ।

पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनले बताए ।

देशभरका वडा कार्यसमितिका सदस्यलाई सक्रिय बनाई घर(घरमा पुस्तिका पुर्‍याउने बताइएको छ । फागुन २० गतेदेखि सुरु गर्ने तय गरिएको प्रचार अभियान ९ दिन पछि सारिएको छ ।

फागुन २९ देखि चैत २९ सम्म प्रचारात्मक अभियान गरिने महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । संगठन सुदृढीकरणसहित स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउने लक्ष्य राखेर ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गरिने शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्