सामान्य बढ्यो शेयर बजार, २ अर्ब ६० करोड रुपैयाँको कारोबार
काठमाडौं,फागुन २३। हिजो आइतवार सामान्य घटेको शेयर बजार परिसूचक नेप्से आज सोमवार सामान्य बढेको छ । नेप्से आज एक दशमलव ५४ अङ्कले बढेर दुई हजार पाँच सय ४४ दशमलव ९३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ, होटल, निर्जीवन बीमा, उत्पादन र अन्य समूहको शेयर सामान्य बढेको छ । जीवन बीमा, व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।
आज दुई सय ३० वटा कम्पनीका ५३ लाख १५ हजार कित्ता शेयर दुई अर्ब ६० करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २७ करोड ६९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
आज बुद्धभूमि नेपाल हाइड्रोको शेयर झन्डै ६ प्रतिशत र बोटलर्स नेपालको शेयर साढे पाँच प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पाँचथर पावर कम्पनीको शेयर झन्डै सात प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्