पल शाहलाई थप १२ दिन हिरासतमै राख्न अदालतको अनुमति

काठमाडौं, फागुन २२ । अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत तनहुँले पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो ।

१७ वर्षीया किशोरीले आफू पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि शाह पक्राउ परेका हुन् । फागुन १५ मा शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।

शाहलाई २५ दिनभित्र अनुसन्धान पुरा गरेर मुद्दा अदालतमा लैजानुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्