महाभियोगमा एमालेको पनि साथ: सरकारको प्रतिक्रिया – अब संसद चलायमान हुन्छ

काठमाडौं, फागुन २२ ।  सरकारले अब संसद चलायमान हुने विश्वास लिएको छ।

माधव नेपालसहित १४ सांसद पदमुक्त र सभामुखको राजीनामा माग्दै ६ महिनायता निरन्तर अवरोध गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढाउन तयार भएपछि सरकारले संसद सूचारु हुने विश्वास लिएको हो।

एमालेकै सहयोगमा जबरामाथि छानविन गर्न प्रतिनिधिसभाबाट महाभियोग सिफारिस समिति गठनपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले संसदीय प्रक्रिया सुरु हुने वातावरण बनेको बताए।

फागुन २९ गतेको बैठकमा एमालेसहित सबैको सहभागिता हुने उनले विश्वास व्यक्त गरे। यता मन्त्री बडूले संसद भंग गरेर जाने कुरा उठे पनि तत्कालै त्यो अवस्था नरहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्