तनहुँको दमौलीमा लागेको आगो ४ घण्टापछि निभाइयो, ७ वटा घर जले
काठमाडौं, फागुन २२ । तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा लागेको आगो झन्डै चार घण्टापछि नियन्त्रणमा आएको छ ।
काठमाण्डौबाट गएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । उनका अनुसार आगलागीमा परेर सात वटा घर जलेका छन् । अरू ठाउँमा आगो नफैलियोस् भनेर अरू चार वटा घर डोजर लगाएर भत्काइएको छ ।
आज बिहान साढे १० बजेदेखि दमौली बजारमा रहेको भूपाल हार्डवेयर गोदाममा आगो लागेको थियो । आगलागीका कारण मानवीय क्षति नभए पनि अरू क्षतिको विवरण सङ्कलनको काम केही बेरमा सुरु गरिने पनि गैरेले बताए ।














प्रतिक्रिया दिनुहोस्