प्रतिनिधिसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के-के छन् ?

काठमाडौं, फागुन २२ । प्रतिनिधिसभाको बैठक आज  बस्दै छ । दशौं अधिवेशनको १० औं बैठक बस्न लागेको हो ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन, आ। व। २०७७र७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिवले जनाएको छ । प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ । आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको भन्दै एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ ।

सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । तर, एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदले नेकपा एकीकृत समाजवादी गठन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्