जनताको काम नगर्ने सांसद नआउने वातावरण बनाउनु पर्छ : रामचन्द्र पौडेल
काठमाडौं, फागनु २१ । सत्तारुढ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताप्रति उत्तरदायी नभएका सांसदलाई अबको निर्वाचनमा जिताउन नहुने बताएका छन् ।
निजामती कर्मचारी युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेले भने, ‘संसद नचल्दा जनताका समस्याबारे छलफल हुन सकेको छैन । यो गतिरोध अन्त्य हुनुपर्छ । संसद सुचारु नहुने भने जनताको काम गर्ने सांसद आउनु पर्छ जनताको काम नगर्ने सांसद नआउने वातावरण बनाउनु पर्छ ।’
नेता पौडेलले एक फरक प्रसङ्गमा भने, ‘कुन शर्त, कुन धारामा एमसीसी राष्ट्रघात हो मलाई बताउनुहोस् ? कसरी भयो एमसीसी इण्डोप्यासेफिकको अङ्ग ?’















प्रतिक्रिया दिनुहोस्