देउवा, प्रचण्ड र ओलीले संसदबाट देश बेच्‍न खोजे : विप्लव

काठमाडौं, फागुन २० । एमसीसी सम्झौताविरुद्ध वामपन्थी दलले शुक्रबार राजधानीमा विरोध कार्यक्रम आयोजना गरेका छन् । खुला मञ्चमा विरोध सभा आयोजना गर्न अघि वामपन्थी दलहरुले विरोध र्‍यालीको आयोजनासमेत गरेका छन् ।

सोहि क्रममा   नेकपाका महासचिव नेत्रविक्रम चन्दले कांग्रेस र कम्युनिस्ट नेताले देशलाई संसदबाट बेच्न खोजिरहेको आरोप लगाएका छन्। काठमाडौंको खुलामञ्चमा आयोजित सभामा बोल्दै विप्लवले कांग्रेस र कम्युनिस्ट भनिने नेताले देशलाई संसदबाट बेचिरहेका आरोप लगाएका हुन्।

‘कांग्रेस र कम्युनिस्ट नेताले देशलाई संसदबाट बेचिरहेका छन् । एमसीसीको विरुद्धमा बोल्दा हामीलाई प्रतिबन्ध थियो । अरबौं रुपैयाँ ठगविरुद्ध नारा लगाएका थियौं ,’उनले भने,’ एमसीसी अनुदान होइन, घातक अतिक्रमण हो ।’

‘एमसीसी भू-मण्डलीकृत साम्राज्यवादको आयाम हो । नयाँ तरिकाले नेपालमाथि अमेरिकाले हस्तक्षेप गर्न चाहन्छ,’ उनले भने,’ ‘फागुन १५ लाई कालो दिनको छाप छोडेर गएका छन् ।सन्धी सम्झौताका नाममा अमेरिकाले नेपालमाथि हमला गरेको उनले बताए। ‘एमसीसी भू-मण्डलीकृत साम्राज्यवादको आयाम हो । नयाँ तरिकाले नेपालमाथि अमेरिकाले हस्तक्षेप गर्न चाहन्छ,’ उनले भने,’ ‘फागुन १५ लाई कालो दिनको छाप छोडेर गएका छन् । एमसीसीले राष्ट्रिय स्वाधिनतामाथि घात गर्छ । एमसीसी राष्ट्र र जनतामाथि घात हो ।’ एमसीसी जनताको अधिकारसँग जोडिएको विषय भएको भन्दै फागुन १५ गते कालो दिन भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्