थप १०५ मा कोरोना संक्रमण पुष्टि , तीन जनाको मृत्यु

काठमाडौं, फागुन २० । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४,९२४ जनामा गरिएको परीक्षणमा १०५ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३२० जना संक्रमणमुक्त हुँदा तीन जनाको कोरोनाकै कारण ज्यान गएको छ । देशभर कोरोनाका ७,५१७ सक्रिय संक्रमित हुँदा एक लाख २४ हजार ७८८ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।

कोरोनाबाट अहिलेसम्म ११ हजार ९४४ जनाको मृत्यु भइसकेको छ भने ९ लाख ५७ हजार ८०८ जना संक्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्