एमसीसी पास गर्दा सभामुख र माधव नेपालसहितका १४ सांसदको पद बच्यो: प्रचण्ड
काठमाडौं, फागुन २० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक विषयमा ब्रिफिङ गरेका छन् ।
उनले एमसीसी पास गर्नुको औचित्व पुष्टि गर्दै पास नभएको भए सभामुख, कामधवकुमार नेपालसहित १४ पद धरापमा पर्ने बताएका छन् । “एमसीसी पास गर्दा सभामुख र माधवसहितका १४ सांसदको पद बच्यो । गठबन्धन पनि जोगियो,” प्रचण्डले व्रिफिङमा भनेका छन्, “एमाले र कांग्रेसको गठबन्धन बन्न लागेको थियो त्यो भत्कियो ।”
‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् । प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अब चाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताएका हुन् ।
पार्टीको शुक्रबारदेखि शुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएको एक नेताले जानकारी दिएए । ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुस गरिएको थियो ।’
प्रतिक्रिया दिनुहोस्