पत्रकार नम्रता शर्मा र भृकुटी राईलाई खोज पत्रकारिता पुरस्कार

काठमाडौं, फागुन १९ ।  पत्रकारद्वय नम्रता शर्मा र भृकुटी राईले खोजपत्रकारिता पुरस्कार जितेका छन् । नेपाली टाइम्समा प्रकाशित भिन्नाभिन्नै अनुसन्धानात्मक रिपोर्टिङका लागि शर्मा र राईले प्रतिष्ठित फेटिशोभ जर्नलिजम अवार्ड पाएका हुन् ।

शर्माले लक्जेम्बर्गका एक पत्रकारसँग मिलेर लक्जेम्बर्गमा नेपालीले सञ्चालन गरेका रेस्टुरेन्टमा नेपालबाट हुने गरेको मानव तस्करीबारे खोजी समाचार प्रकाशित गरेकी थिइन् ।

राईले तीन वर्षअघि भएको दिलीप महतोको हत्याबारे खोजी समाचार प्रकाशित गरेकी थिइन् । अवैध उत्खननमार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका जनकपुरका महतोको हत्या भएको थियो । त्यही घटनालाई जोडेर राईले नेपालमा हुने गैरकानुनी बालुवा उत्खननबारे खोजी रिपोर्टिङ गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्