दुर्घटनाग्रस्त विमानमा थिए चालक दलका सदस्यसहित ७१ यात्रु

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको खुलेको छ ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।

विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ । विमानमा लागेको आगो नियन्त्रणमा दिने प्रयास जारी छ । दुर्घटनामा परेको विमानमा ६७ यात्रु र चार चालक दलका सदस्य गरी ७१ जना थिए ।

प्रतिक्रिया दिनुहोस्