एमालेद्वारा सभामुखको राजीनामा , प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित
काठमाडौं, फागुन १८ । प्रतिनिधि सभाको बैठक फागुन २२ सम्मका लागि स्थगित भएको छ।
एमाले अवरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामीला मन्त्री दीलेन्द्र प्रसाद बडुले आर्थिक वर्ष २०७७/७८ को राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले सभामुखको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।
सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा कायम नगरेको भन्दै एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ।















प्रतिक्रिया दिनुहोस्