थप १५८ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

काठमाडौं , फागुन १७ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,४५८ वटा पीसीआर परीक्षण गर्दा ९२ जना र २,०४६ एन्टिजेन परीक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने ३५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७९३१ सक्रिय संक्रमित रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्