न्यायाधीश चोलेन्द्र शम्शेर जबराद्वारा इजलास बहिष्कार

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास बहिष्कार गरेका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता अनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल सकिएको भन्दै उनले तोकेको इजलासमा बस्न अस्वीकार गरेका हुन ।

डा गोविन्द केसी विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबारदेखि शुुरु भएको हो । सोही इजलासमा सुनुवाइ हुँदाहुँदै उनले इजलास बहिष्कारको घोषणा गरेका हुन। न्यायाधीश जबराले प्रधानन्यायाधीश गोपाल पराजुलीसहित सात जना न्यायायाधीश भएको इजलास बहिष्कार गरेका हुन।

प्रतिक्रिया दिनुहोस्