एमसीसीलगायतका विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै ओली
काठमाडौं , फागुन १६ । हिजो ( आइतवार)को संसद बैठकबाट अनुमोदन भएको अमेरिकी सहायता परियोजना एमसीसीलगायतका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको धारणा सार्वजनिक गर्ने भएका छन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव डा। भीष्म अधिकारीले प्रेव वक्तव्यमार्फत एमसीसीसहितका विषयमा अध्यक्ष ओलीले धारणा सार्वजनिक गर्ने बताएका हुन् । अधिकारीले अध्यक्ष ओलीले सोमबारै दिउँसो वक्तव्य सार्वजनिक गर्ने जानकारी दिएका छन् । एमसीसीमा समर्थन गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सोमबारै एमसीसीमा गरिएको समर्थनबारे व्याख्या गर्ने भएका छन् ।
यसैबीच सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले हिजोको संसद वैठकमा अवरोध गरेर नेकपा एमाले र अध्यक्ष ओलीले ऐतिहासिक अवसर गुमाएको बताएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा एमाले र त्यसको नेतृत्वको हैसियतमा केपी शर्मा ओलीले महत्वपूर्ण ऐतिहासिक अवसर गुमाएको बताएका छन् ।
एमसीसीबारे संसदमा निणर्य हुँदा एमालेले वेलमा नारावाजी गर्दा राम्रो सन्देश नगएको उनको भनाइ छ । राष्ट्र विकासको मुद्दा र आफैंले संसदमा लगेको प्रस्तावका पक्षमा नउभिएर एमालेले ऐतिहासिक अवसर गुमाएको उनको टिप्पणी छ ।
प्रतिक्रिया दिनुहोस्