एमसीसीलाई बाँदरको घाउ नबनाऔं, सबैले स्वीकारौं’: डा.बाबुराम भट्टराई

काठमाडौं, फागुन १५ ।  सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का सांसद डा.बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसीलाई बाँदरको घाउ जस्तै बनाइएको टिप्पणी गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसीमाथिको छलफलमा भाग लिदै एमसीसीबारे सत्य बोल्नुपर्ने पनि बताएका छन् ।

‘एमसीसी सामान्य सम्झौता थियो तर अहिले यसलाई बाँदरको घाउ हुँदै अहिले क्यान्सरको अवस्थामा पुगेको छ’, भट्टराईले एमसीसीका कारण देशलाई कित्ताबन्दी गरेको भन्दै यसैगरी जाने हो भने हामी कहाँ पुग्छौ ?’ उनले प्रश्न गरे ।

उनले बोल्दा आक्रमण हुने अवस्था आएको भन्दै २०१७ मा कम्प्याक्टको भासा र २०१९ मा गरिएको सम्झौताको भाषाले आफूलाई पनि कताकता घोच्ने गरेको बताए । ‘तर आधारभूत रुपमा हेर्दा त्यसमा हामीले आपत्ति गर्नुपर्ने विषय केही पनि छैन ।’ आफूले पटक-पटक पढेको भन्दै एमसीसीमा सबैले स्वीकार गर्नुपर्ने बताए । उनले एमसीसीबारे लामो ब्याख्या गर्दै अलिकति अप्रिय भए पनि स्वीकार गर्न आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्