पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं , फागुन १५ । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।
बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार रहँदै आएका उनले आइतबार दिउँसो मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर आत्मसमर्पण गरेका थिए ।
यता आइतबार नै पलविरूद्ध नवलपुर प्रहरीमा पनि बलात्कारको उजुरी परेको छ। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को इलाका प्रहरी कार्यालय गैँडाकोटमा गायक शाहविरुद्ध आज आइतवार बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो ।
गैँडाकोट–५ मा रहेको गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल शाहबाट बलात्कृत भएको भन्दै एक १७ वर्षीया गायिकाले उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्