एमसीसी पास गर्न सुरु भयो संसद बैठक, एमालेको अवरोध कायमै
काठमाडौं, फागुन १५ । अमेरिकी सहायता परियोजना एमसीसी पास गर्न प्रतिनिधिसभाको बैठक केही बेरअघि सुरु भएको छ।
तर यो बैठकमा पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध जनाउँदै वेल घेराउ गरिरहेको छ।
दिउँसो १ बजे सुरु हुने भनिएको बैठक दुई घण्टा ढिलो गरी सुरु भएको हो।
यो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका छन्।















प्रतिक्रिया दिनुहोस्