गठबन्धन बच्ने, एमसीसीको समस्या हल हुने उपाय ‘व्याख्यात्मक घोषणा’ : प्रचण्ड

काठमार्डाै, फागुन १५ ।   सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्याख्यात्मक घोषणासहित अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने सत्तारुढ गठबन्धनबीचको सहमतिको बचाउ गरेका छन् ।

आज (आइतबार विहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निणर्य गरेको थियो । लगतै सत्तारुढ गठबन्धनको बैठकमा पनि त्यही सहमति भएको छ । अब आइतबार नै बस्ने संसद बैठकले प्रश्न उठेको विषयमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने तयारी छ ।

त्यसअघि बसेको संसदीय दलको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, ‘गठबन्धन पनि बच्ने, एमसीसीको समस्या पनि हल हुने उपाय हो व्याख्यात्मक घोषणा ।’ लामो समयदेखि संसद अवरुद्ध गरेको एमालेले १४ सांसद र सभामुखलाई हटाउन लागेकाले पनि यसो गर्नु परेको उनले स्पष्टिकरण दिएका छन् ।

अहिले नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणका ११ बुँदा वाचन गरेका छन् । सत्ता गठबन्धनको आजै बिहान बसेको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निणर्य गरेको थियो । सोही घोषणाका ११ बुँदा माओवादी बैठकमा सुनाइएको हो । संसद् बैठक आजै बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्