अनुमोदनको सुनिश्चिततापछि मात्रै संसदमा एमसिसीमाथि छलफल चलाउने प्रधानमन्त्रीको रणनीति
काठमाडौं, फागुन १४ । सत्तागठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेसँग समानान्तर संवादमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले अनुमोदनको सुनिश्चिततापछि मात्रै संसद्मा एमसिसीमाथि छलफल चलाउने रणनीति लिएका छन् । एमसिसीमाथिको सैद्धान्तिक छलफल सम्भावित कार्यसूचीमा रहेको बिहीबार र शुक्रबारको बैठक प्रधानमन्त्री देउवाकै आग्रहमा स्थगित भएको छ ।
शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सचिवालयले बैठक बस्ने दिन र समय परिवर्तन भएको सूचना प्रकाशित गरी विशेष कारणवश बैठक बस्न नसक्ने भएकाले आइतबारसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ ।
‘एमसिसी संसद्मा पेस भइसकेको छ, यसलाई अनुमोदन गराउने आधार अझै तयार भएको छैन । अनुमोदनको सुनिश्चितता नहुन्जेल सैद्धान्तिक छलफलमा लैजान उपयुक्त नहुने प्रधानमन्त्रीको बुझाइ छ,’ प्रधानमन्त्री देउवानिकट मानिने कांग्रेसका एक नेताले भने ।















प्रतिक्रिया दिनुहोस्