एमसीसी ल्याउनु पर्छ भनेर निवेदन हाल्नेहरुलाई ताली बजाउँछन्, मलाई ढुङ्गा हान्छन् : ओली
काठमाडौं, फागुन १३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दलले नै कार्यकर्तालाई सडकमा उतारेर प्रहरीलाई ढुङ्गा हान्न लगाएको बताएका छन् । आज (शुक्रबार) पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले एमसीसी ल्याउनु पर्छ भनेर सम्झौता गर्नेहरूले विरोध गर्दै हिंडेको र आफूमाथि ढुङ्गा प्रहार गरेको आरोप लगाए ।
एमसीसी ल्याउनुपर्छ भन्ने नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, सम्झौता गर्ने नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस तथा नेता डा. बाबुराम भट्टराईलाई केही नगरी आफूमाथि ढुङ्गा हानिएको उनले बताए । केही दिनअघि प्रतिनिधिसभा बैठकमा जानेक्रममा ओलीलाई लक्षित गर्दै ढुङ्गा प्रहार गरिएको थियो ।
‘एमसीसी सहयोग नेपालमा ल्याई पाऊँ भनेर आफू चिठी लेखेर निवेदन हाल्ने झलनाथ खनाल बाटोमा हिंड्दा ढुङ्गा हान्दैनन् । ताली बजाउँछन् । बाबुराम भट्टराई एमसीसी अघि बढाउने मान्छे हिंड्दा ढुङ्गा हानेनन् । नेपाली कांग्रेसले एमसीसी पास गराउनु पर्छ भन्छ । सभामुखले टेबुल गरेका छन् । ढुङ्गा हानिँदैन । एमसीसी ठिक छ भनेर कुरा टुंग्याउने कृष्णबहादुर महरा बाटोमा हिंड्दा ढुङ्गा हानिँदैन’, ओलीले भने, ‘म बाटोबाट हिंड्छु अनि ढुङ्गा हान्छन् ।’















प्रतिक्रिया दिनुहोस्