आइसल्याण्ड पहिलोपटक विश्वकपमा छनौट

एजेन्सी – आइसल्याण्डले पहिलोपटक विश्वकपमा स्थान बनाएको छ । युरोपियन क्षेत्रको समूह ‘आई’ को छनोटको अन्तिम खेलमा आइसल्याण्डले कोसोभोलाई २–० ले हराउँदै विश्वकपमा स्थान बनाउन सफल भएको हो ।

आइसल्याण्ड पहिलोपटक विश्वपकमा छनोट भएको हो । यो सँगै आइसल्याण्ड जनसंख्याको आधारमा विश्वकपमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश बनेको छ । आइसल्याण्डको जनसंख्या झण्डै तीन लाख ३५ हजार मात्रै छ । आइसल्याण्डले सन् २०१६ को युरोकपमा पनि सनसनीपूर्ण प्रदर्शन गर्दै क्वार्टरफाइनलसम्म स्थान बनाएको थियो ।

क्वार्टरफाइनलसम्म पुगेको आइसल्याण्डले प्रि क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई पराजित गरेको थियो । आइसल्याण्डको जितमा ४० औं मिनेटमा गिल्फी सिगुडसन र ६८ औं मिनेटमा योहान गुडमन्डसनले गोल गरे ।

आइसल्याण्डले छनोट चरणका १० मध्ये ७ खेलमा जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्