एमसीसी सकस : संसद् बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं, फागुन १३ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ। बैठक १५ गतेसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।
अमेरिकी सहायता परियोजना एमसीसीमा सहमति जुट्न नसेकपछि बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको संघीय संसदको महासचिव डा। भरतराज गौतमले जानकारी दिए।आजको बैठकमा एमसीसीबारे सामान्य छलफल हुने संभावित कार्यूचीमा थियो।
कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले सभामुखलाई भेटेर स्थगित गर्न आग्रह गरेका थिए । सदनको अवरोध तथा कार्यसूचीमा रहेको एमसीसीमा सहमति जुटाउन बाँँकी रहेको भन्दै मन्त्री बडूले बैठक स्थगित गर्न सभामुखसमक्ष प्रस्ताव गरेका थिए।
यसअघि बिहीबारको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो।















प्रतिक्रिया दिनुहोस्