माओवादीको निर्णय : एमसीसीको विपक्षमा मतदान, आवश्यक परे सरकार छाड्ने

काठमाडौं, फागुन १३ ।   सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

आज (शुक्रबार) बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्व स्थायी कमिटीको बैठकले उक्त निणर्य गरेको नेता लीलामणि पोखरेलले जानकारी दिए । ‘यस (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय भएको छ’, उनले भने । उनले एमसीसीको विपक्षमा मतदान गर्दा सकेसम्म सत्ता गठबन्धन जोगाएर अघि बढ्ने तर आवश्यक परे सरकार छाड्ने पनि बताए ।

‘विपक्षमा मतदान गर्दा गठबन्धन जोगिन सक्छ भने त्यहीअनुसार अघि बढ्ने । यो बीचमा धुव्रीकरण पनि हुन्छ सक्छ । आवश्यक परे सरकार छाड्छौं । एमसीसी बोकेर हिंड्न सक्दैनौं’, उनले भने । यस्तै प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोशिस गर्ने समझदारी भएको जनाएकी छन् ।

प्रतिक्रिया

प्रतिक्रिया दिनुहोस्