राजनीतिमा नयाँ ट्वीस्ट – देउवा निस्किएलगत्तै ओलीको कार्यकक्षमा प्रचण्डको प्रवेश
काठमाडों, फागुन १२ । नेकपा ( एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ ।
छलफलमा एमालेका तर्फबाट ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सहभागी छन् । माओवादीबाट प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक देव गुरुङ सहभागी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा बाहिरिए लगत्तै प्रचण्ड छलफलका लागि ओलीको क्याबिनमा पुगेका हुन् ।
यता सत्तारुढ दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको विपक्षमा मतदान गर्ने र सरकारबाट नबाहिरिने प्रस्ताव गरेका छन् ।
बिहीबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवाव बालुवाटारमा भएको छलफलमा प्रचण्डले माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्न र सरकारबाट नबाहिरिने प्रस्ताव गरे । तर, यसलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेका छन् ।
त्यसैगरि देउवा र ओलीबीच बेलुकी ७ बजे फेरि छलफल हुने भएको छ ।एमसीसीका कारण सत्ता गठबन्धन अघि बढ्ने सम्भावना कम भएको भन्दै देउवा छलफलमा लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस्