गठबन्धन धरापमा परिसक्यो, अब यहाँ भन्दा अगाडि जान सक्दैन : गगन थापा

काठमाडौं , फागुन १२  । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परेकाले अब अगाडि बढ्नेमा समस्या आइसकेको बताएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा सत्तारुढ कांग्रेस- प्रमुख प्रतिपक्षी एमालेबीचको छलफलबाट बाहिरिंदै थापाले एमसीसीको विषयमै गठबन्धन एक ठाउँमा नरहेकाले अब अघि बढ्नेमा समस्या आएको बताएका हुन् । तर, अब नयाँ समीकरण बन्छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा कुनै जवाफ दिएनन् ।

दुई पार्टीको छलफलमा एमसीसीसँगको सम्झौतामा सहयोग गर्न एमालेलाई प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए । ओलीले पार्टीभित्र छलफलका लागि थप समय मागेको नेता थापाले जानकारी गराए । ‘प्रधानमन्त्रीजीले ओलीजीलाई तपाईंहरुले नै दर्ता गर्नु भएको सम्झौता हामीले अगाडि बढाएका हौं । यो देशकै प्रतिष्ठाको विषय हो । यसलाई पास गरौं भनेर आग्रह गर्नुभयो,’ उनले भने, ‘ओलीजीले आफ्नो पार्टीमा छलफल गरेर जवाफ दिन्छु भन्नुभयो ।’

सरकारको आग्रहमा बिहीबार सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभा बैठक स्थगित गरेपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । बेलुका ७ बजे सम्भवतः प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बताउँदै उनले सो बैठकमा पनि कांग्रेस र एमालेका शीर्ष नेताहरु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्