उपसभामुखको निर्वाचन चैत २ गते

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुखको निर्वाचन आगामी चैत २ गते शुक्रबार १३ः०० बजे हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकले उपसभामुखको निर्वाचनको मिति तोकेको हो । सभामुख कृष्णबहादुर महराले उपसभामुख चयनको निर्वाचन प्रक्रिया तत्काल अगाडि बढाउन संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराईलाई निर्देशन दिए।

प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत २ गते १३ः०० बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्