एक लाख राशीको डा. सुरेशराज अवार्ड खडकालाई
काठमाडौँ, १२ फागुन (रासस) ः शिक्षा क्षेत्रको विकासमा लामो समयदेखि योगदान पु¥याउदै आएको कलङ्कीस्थित एलआरआई विद्यालयले ३४ औँ स्थापना दिवसका अवसरमा कक्षा १२ मा उत्कृष्ट छात्र अविश खडकालाई रु एक लाख राशीको डा. सुरेशराज अवार्ड प्रदान गरिएको
छ ।
विद्यालयमा आज आयोजित विशेष समारोहमा काठमाडौँ महानगरपालिका–१४ का वडाध्यक्ष शोभा सापकोटाले यशोधरा पन्त अवार्डबाट रियाना लुईटेललाई रु २५ हजार तथा कदर पत्रबाट पुरस्कृत गर्नुभएको हो । त्यसैगरी पाँच हजार राशीका विभिन्न पुरस्कारमध्ये गोपाल खडका अवार्डबाट अनिषा दाहाल, सवन जयदेव श्रेष्ठ अवार्डबाट कृषा श्रेष्ठ र इन्द्र सुदर्शन अवार्डबाट तेज विकलाई प्रदान गरिएको छ ।
मुलुकको विभिन्न स्थानमा रही शैक्षिक क्षेत्रको उन्नयनमा सहयोग गरेका शिक्षाविद्लाई समेत रु २५ हजार राशीको पुरस्कारबाट सम्मान गरिएको छ । सम्मान पाउनुहुनेमा कैलालीस्थित ऐश्वर्य विद्या निकेतनका क्याम्पस प्रमुख धर्मदेव भट्ट र थानकोटस्थित मङ्गलोदय माविका प्रधानाध्यापक कविन्द्र गोपाली हुनुहन्छ ।
विद्यालयका शिक्षक तथा कर्मचारीमध्ये तीर्थराज जोशी, वसन्तराज रोस्यारा, नविन खडका, रोहिणिप्रसाद उपाध्याय र सोवी खडकालाई रु २५ हजार राशीको नगद पुरस्कारका साथै सम्मान पत्रबाट सम्मान गरिएको छ । विद्यालयका सामाजिक कार्य तथा अन्य अतिरिक्त कार्यमा क्रियाशील ११ विध्यार्थीलाई समेत नगाद् पाँच हजार तथा सम्मान पत्र प्रदान गरिुएको छ ।
उक्त समारोहमा विद्यालयका अध्यक्ष शिवराज पन्तले स्थापनादेखि अहिलेसम्म विभिन्न आरोह अवरोहकाबीच विद्यालय अगाडि बढेको बताउँदै अन्तर्राष्ट्रिय तहको गुणस्तरीय शिक्षाका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गरी उनीहरुलाई सामाजिक विकासका साथै राष्ट्र निर्माणमा आकर्षित गर्न आफूहरुले प्रेरित गरिरहेको बताउनुभयो । प्राचार्य डा देवकान्त जोशीले अन्तर्राष्ट्रिय तहका विभिन्न शैक्षिक संस्थासँग समन्वय गरी सांस्कृतिक आदानप्रदानमा विध्यार्थीलाई संलग्न गराइएको जानकारी दिनुभयो ।
चिन, जापान, दक्षिण कोरियालगायत मुलुकका शैक्षिक संस्थाका प्रमुखले विद्यालयको स्थापना दिवसका अवसरमा शुभकामना सन्देश समेत पठाउनुभएको थियो ।
देशका विभिन्न दुर्गम स्थानबाट अध्ययन गर्न चाहने जेहन्दार विध्यार्थीका लागि केही छात्रवृत्तीको समेत व्यवस्था गरिएको छ । सो अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्