एमसीसीको विरोधमा छौं, आवश्यक परे सडक जल्छ- झलनाथ खनाल
काठमाडौं, फागुन १२ । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसीका विषयमा पार्टीमा विवाद नभएको बताएका छन् ।
संसद् भवनमा मिडियासँग कुरा गर्दै नेता खनालले एमसीसीका विषयमा पार्टीमा तलदेखि माथिसम्म स्पष्ट धारणा रहेको भन्दै पार्टी एमसीसीको पक्षमा नरहेको बताएका हुन् ।
नेता खनालले अहिले सडकमा भएको आन्दोलन आवश्यकत्ताअनुसार तातेको बताउदै आवश्यक पर सडक जल्ने चेतावनी दिए ।
एमसीसीमा सम्झौता नगर्ने भन्दै उनले भने- ‘एमसीसीमा कुरा मिल्ने तपाईँहरुले आशै नगर्नुहोस, यसमा मिल्दैन् । एकथरी एउटा महाशक्तिको पछाडि लागेका छन् । अर्कोतिर यो देशको स्वतन्त्रता र सार्वभौमत्ताको पक्षमा लागेका छन् । यी दुवै कुरा कहिल्यै मिल्दा पनि मिल्दैन् ।’
उनले गठबन्धन बिग्रिन्छ भनेर आफुहरुले देश र जनताको हितलाई नछोड्ने बताउदै भने- ‘अब गठबन्धन भनेको बन्छन्, बिग्रन्छन्, फेरि बन्छन्, फेरि पनि बिग्रन्छन् । यो त अस्थायी घट्नाक्रम हो । तर, यो देशर जनताको हितलाई कहिल्यै पनि छोडिँदैन् । त्यसमा हामी दृढतापूर्वक उभिन्छौं ।’
प्रतिक्रिया दिनुहोस्