रुसको आक्रमणमा परी युक्रेनमा सातको मृत्यु, १९ जना बेपत्ता
काठमाडौं , फागुन १२ । रुसले बिहीबार युक्रेनमा गरेको आक्रमणमा सात जनाको मृत्यु भएको छ ।
युक्रेनको प्रहरीले दिएको जानकारीअनुसार थप १९ जना मानिस आक्रमणमा बेपत्ता भएका छन् ।
युक्रेनको प्रहरी अधिकारीका अनुसार ओडेसाको पोडिल्स्कस्थित सैन्य क्याम्पमा भएको आक्रमणमा ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।
त्यस्कै मारिउपोल शहरमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्