एमसीसी सकस : प्रतिनिधिसभा बैठक स्थगित, भोलि फेरि बस्ने

काठमाडौं , फागुन १२। प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।कार्यव्यवस्था परामर्श समिति बैठकपछि सूचना टाँस गरेर स्थगित गरिएको हो ।

संसद सचिवालयले प्रधानमन्त्रीको आग्रहमा भोलि दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको छ ।

आज दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको थियो । बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि सारिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्