बानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन शुरु, सुरक्षा व्यवस्था कडा

काठमाडौं, फागुन १२ ।  अमेरिकी सहायता परियोजना (एमसीसी) विरुद्ध विरोध प्रदर्शन शुरु भएको छ । काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन शुरु भएको हो । बिहीबारको संसद बैठकमा एससीसी सम्झौतामाथि सामान्य छलफलको प्रस्ताव पेश हुँदैछ ।

एससीसीमाथि छलफल हुने थाहा पाएपछि प्रदर्शनकारीहरु बिहानैदेखि सो क्षेत्रमा भेला भएका थिए । अप्रिय घटना हुन नदिन नयाँ बानेश्वर क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ । आज बानेश्वर क्षेत्रमा २४ सय बढी प्रहरी परिचालन गरिएको छ । केहीअघिका प्रदर्शनमा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको थियो । झपडपका क्रममा सयौं प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सवारी साधन डाइभर्ट

काठमाडौं उपत्यकाको भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै गुड्ने सवारी साधन डाइभर्ट गरिएको छ । तिनुकने बानेश्वर भएर चल्ने सवारी साधनलाई बिभिन्न स्थानबाट ड्राइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

तिनकुनेबाट नयाँबनेश्वरतर्फ आउने सबै सवारी साधनलाई तिनकुनेबाट नै ड्राइभर्सन गरीएको छ । भद्रकाली-सिंहदरबार-माइतीघर हुदै बानेश्वरतर्फ जाने सवारी साधनलाई भद्रकालीबाटै ड्राइभर्सन गरी त्रिपुरेश्वर, थापाथली हुदै पठाइएको ट्राफिक प्रहरीले बताएको छ ।

पदमोदयमोडबाट पनि हुनुमानथान हुदै थापागाउँ जाने ठूला तथा तिनपाङग्रे सवारी साधनलाई पदमोदयमोडबाटै ड्राइभर्सन गरिएको छ । अमेरिकी विकास सहयोग लिमेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा विभिन्न दलका कार्यकताले प्रर्दशन गरेपछि उक्त सडकखण्डको आवागमन डाइभर्ट गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्