थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि , २ जनाको मृत्यु

काठमाडौं , फागुन ११ । पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो ।

सोहिअवधिमा कोरोनाबाट दुईजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन्

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् । ।

प्रतिक्रिया दिनुहोस्