बिहीबारको संसदको कार्यसूची सार्वजनिक, एमसीसीमाथि छलफल हुने

काठमाडौँ, फागुन ११ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ ।

संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीलाई समावेश गरिएको छ ।

कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनेर प्रस्ताव गर्ने उल्लेख गरिएको छ ।
सरकारले आइतबार एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव प्रतिनिधिसभामा पेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्