लामाको निधनबाट नेपाली कलाकारिता क्षेत्रले असल साधक गुमायो : प्रधानमन्त्री देउवा

काठमाडौं , फागुन ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रसिद लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दु:ख प्रकट गरेका छन्। प्रधानमन्त्री देउवाले गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गरेका छन्।

प्रधानमन्त्रीले दुःखको यस घडीमा लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। प्रधानमन्त्रीले ट्वीटमा लेखेका छन्,’कलाकार एवं लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गीतसंगीत, चलचित्र एवं हास्य क्षेत्रका एक असल साधक गुमाएको छ । दिवङगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।’

गायक लामाको बुधबार बिहान भक्तपुरमा गाडीबाट झर्ने क्रममा असामयिक निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्