कांग्रेसका तीन नेताको सुरक्षा व्यवस्था बढाइयो, को- को परे त ?

काठमाडौं, फागुन ११ । सरकारले नेपाली कांग्रेसका तीन जना नेताहरुको सुरक्षा बढाएको छ ।

कांग्रेस महामन्त्री गगन थाापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा। प्रकाशशरण महतको सुरक्षा बढाइएको छ ।

थापा, कार्की र महतले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा बोल्दै आएकाले जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको हो ।

एमसीसी संसद टेबल भइसकेको छ । एमसीसीविरुद्ध सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्ताहरु निरन्तर आन्दोलनमा छन् ।

 

प्रतिक्रिया दिनुहोस्