भीम रावलको प्रश्न- पार्टीमा देशभक्तिको स्वरलाई दवाएर देशको अस्मिता समाप्त गर्ने खेल शुरू भएको हो ?

काठमाडौं, फागुन १० ।  नेकपा एमालेका नेता भीम रावलले देशभक्तिको स्वरलाई दवाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको हो ? भन्दै प्रश्न गरेका छन् ।

आइतबार भएको संसद बैठकमा पार्टीको सहमति बिना एमसीसीको विरोध गरेकोमा पार्टी भित्र नेता रावललाई स्पष्टीकरण सोध्नुपर्ने कुरा उठिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

नेता रावलले जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र वाह्य हस्तक्षेप विरूद्ध बोल्दा कम्युनिष्ट पार्टीले ‘स्पष्टीकरण सोध्नु पर्छ’ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ? भन्दै प्रश्न गरेका छन् ।
उनले भनेका छन्-

जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र वाह्य हस्तक्षेप विरूद्ध बोल्दा कम्युनिष्ट पार्टीले ‘स्पष्टीकरण सोध्नु पर्छ’ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ? के अब देशभक्तिको स्वरलाई दवाएर देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा शुरू भएको हो ?

प्रतिक्रिया दिनुहोस्