३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

काठमाडौं, ९ फागुन । पछिल्लो २४ घण्टामा देशभर ३८८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएका छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ८ हजार १४० जनामा गरिएको नमुना परीक्षणमा ३८८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा १२०५ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

 

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३८ हजार ७३८ र पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७५ हजार ८०६ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् । यसले गर्दा कोरोना संक्रमितको तथ्यांक घट्दो क्रममा छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ११ हजार ९२५ पुगेको छ। हाल देशभर कोरोनाका संक्रमित देशभर ११ हजार २८२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्