एमसीसीको विपक्षमा मतदान गर्ने कीकृत समाजवादीको निर्णय

काठमाडौं, ९ फागुन। नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

पार्टीले संसदमा पेश भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्न सबैलाई आह्वान समेत गरेको खतिवडाले बताए। उनले सरकारमा जाने र एमसीसीको विरोधसँग कुनै कुरा जोड्न नहुने पनि बताए । ‘सरकारमा बस्ने र बाहिरिने कुरा समयले निर्धारण गर्छ’, उनले भने । राजनीतिक परिस्थितिले कुा रुप लिन्छ भन्न नसकिने समेत उनले बताए । तर सरकार गठनको गठबन्धन भने रहिरहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्