विरोध र नाराबाजीका बीच एमसीसी संसदमा टेबल
काठमाडौं फागुन ८ । सरकारले अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा टेबल गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्तारुढ र प्रतिपक्षी सांसदको अवरोधबीच एमसीसी संसदमा टेबल गरेका हुन्।
संसद सुरु हुँदै नेकपा एमालेले चर्को नाराबाजी गरेको थियो। त्यस्तै माओवादी केन्द्र, जनमोर्चा नेपाल र नेपाल मजदुर किसान पार्टीले पनि संसदमा नाराबाजी गरिरहेका थिए ।
यसअघि, आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो ।
यसैगरि प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ। आइतबारको बैठकमा विवादित बनेको एमसीसी टेबल भएसँगै बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।















प्रतिक्रिया दिनुहोस्